Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:००

शैल्यशिखर नगरपालिकाले उत्कृष्ट किसानलाई सुनको कोदालो दिइ पुरस्कृत गर्ने

Wide Nepal News
शुक्रबार, असार ११, २०७८
गोकुलेश्वर : दार्चुलाको शैल्यशिखर नगरपालिकाले कृषिमा उत्कृष्ट काम गर्ने एकजना किसानलाई सुनको कोदालोले पुरस्कृत गर्ने घोषणा गरेको छ । बिहिबार (हिजो) आर्थिक वर्ष २०७८/७९ को निति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने क्रममा नगरपालिकाले उक्त कुराको जानकारी गराएको हो । किसानहरुलाई प्रोत्साहित गर्नका लागि नगरपालिकाले कृषिमा उत्कृष्ट काम गर्ने एकजनालाई सुनको कोदालो दिइ पुरस्कृत गर्ने घोषणा गरेको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीका स्वकीय सचिव सुरेश बिष्टले जानकारी दिएका छन । बिहिबार नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ४३ करोड, ८४ लाख ५६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया