Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:२१

नगरसभामा उद्घोषकले 'नगर प्रमुखको आगमन हुदैँछ, सबैजना उठेर स्वागत गर्न' भनेपछि.....

Wide Nepal News
शुक्रबार, असार ११, २०७८
दार्चुला । बिहिबार (हिजो) शैल्यशिखर नगरपालिकाको सभाहलमा रोचक दृश्य देखियो । नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न आयोजित नगरसभामा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख प्रवेश गर्ने क्रममा उद्घोषकले भनिरहेका थिए, ".....सभाध्यक्ष एवं नगरपालिकाका नगरप्रमुख ज्यु को आगमन भइरहेको छ । कृपया नगरपालिकाका नगरप्रमुख ज्यु को आगमन हुने बेला सम्पूर्ण महानुभावहरुले उठेर स्वागत गरिदिन हुनका लागि म हार्दिक अनुरोध गर्दछु ।...... " उनले यहिँ कुरालाई पटकपटक दोहोर्याए । जुन भिडियो सामग्री अहिले भाइरल बनेको छ ।
नभन्दै त्यसको केहि समयमा सभाहलामा नगरप्रमुख अमरसिहं धामीको चलचित्रमा जस्तै लाग्ने शैलीमा इन्ट्री पनि भयो । उनका पछाडी केहि मानिसहरुको भिड समेत देखियो । उक्त भिडियोमा देखिए अनुसार उद्घोषकले कार्यक्रममा उपस्थित सबैजनालाई उठेरै स्वागत गर्न भनेकाले पनि सभाहलमा भएका शैल्यशिखर नगरपालिकाकी नगर उपप्रमुख राजमती बम (पाल), प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट सहित उपस्थित सबैजना नगर प्रमुखको इन्ट्री हुँदा उठे ।
त्यहाँ उपस्थित एकजना सहभागीले उद्घोषकले उठेरै स्वागत गर्न भनेकाले नगर प्रमुख मञ्चमा जादाँ आफूलाई उठ्न मन नभएपनि बाध्य भइ उठेर ताली बजाउनु परेको बताएका छन । झट्ट हेर्दा समान्य जस्तो कसैलाई त्यसको केहि समयमा नगरप्रमुख धामी मञ्चमा जादैं गर्दा फेरि उद्घोषकले तालीले स्वागत गर्न भने । पूर्व निर्धानित योजना जस्तो लाग्ने उद्घोषकको त्यो शैलीलाई लिएर सामाजिक सञ्जालमा उनी आलोचनाको सिकार भएका छन । सामाजिक सञ्जालमा सेयर गरिएको एक भिडियो सामग्रीमा कतिपयले नगर प्रमुख उपस्थित हुँदा उठ्नैपर्छ र ?, बसेरै पनि स्वागत गर्दा हुदैँन र ?, उद्घोषकले कत्ति चाकरी गर्न सकेको ? जस्ता विचार राखेका छन भने केहिले सभा, समारोहमा बोल्दा उद्घोषकले शब्द चयनमा ध्यान दिनुपर्ने सुझाव राखेका छन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का नेता तथा जनस्वास्थ्य विद अशोक सिंह धामीले पनि नगर प्रमुखको इन्ट्री र उद्घोषकको शैलीको आलोचना गरेका छन । धामीले उद्घोषकको शैलीमाथि खेद व्यक्त गर्दै नगर प्रमुखको प्रस्तुत हुने शैली हास्यास्पद रहेको बताएका छन ।   उनले लेखेका छन, "हिजो शैल्यशिखर नगरपालिकाको ९ औं नगर सभामा उद्घोषक मित्र बाट नगर प्रमुखको सम्मान् को लागि जुन प्रस्तुती र शब्दहरु देखियो, जे सुनियो त्यो सामान्य मान्छेका लागि सामान्य थियो तर एक बौद्धिक जमात वा आम मान्छेको नजरमा खतरनाक चाकरी प्रबृत्ति प्रष्ट देखियो। मलाई एक जना प्रसिद्ध वैज्ञानिक एबम् मनोवैज्ञानिक मास्लोको प्रतिपादित गरेको बिशिष्ट सिद्दान्तको स्मरण भयो, उहाले भन्नु भएको थियो कि तथाकथितको प्रवर्तक एबम् भरौटेहरू मध्ये एक हु र हामी उहाँकै विषेश हु भन्न , गर्न र हुनका लागि परिचित हुनु, आफ्नोपनलाई अरूको माध्यम बाट नगर प्रमुखको सम्मानका नाममा चाकरीको भाषा प्रयोग गर्नु मानवतावादी मनोविज्ञान विपरीत छ , एउटा उदाहरण दिन चाहन्छु जसले निजी, व्यक्तिपरक आफ्नो भावनात्मक पक्षहरूलाई अरूको भावना माथि ब्ल्याक मेल गर्नु नितान्त गलत हो जुन आज देखियो र भयो पनि।मनोगत अनुमानलाई अरूको मन् भित्र जबर्जस्त प्रबेश गरेर नाङ्गो नाच लागाउनु आवश्यक छ कि छैन भन्ने आम नागरिक समाज, प्रत्रकार, बुद्धिजीवी, एबम् सम्पूर्ण जगत ले बुझ्ने कुरा हो । अरूले हाम्रो हातमा भरोसा राख्ने सम्भावना र, सामान्यतया, व्यक्तिगत सुविधाहरू र अरूले दिने व्यवहारमा व्यक्त गरिएका थुप्रै फाइदाहरूको श्रृंखला हो यो। चाहे ती हाम्रो परिवारका हुन् वा नजिकका साथीहरूको सर्कल, भाइ, बहिनी, आफन्त वा अरु कोहीका यी सब हाम्रो समाज का लागि घातक छन् ।" यस्तै सामाजिक सञ्जालमा सामाजिक एवं आम जनमानसका बिषयमा चासो राख्ने कतिपयले उक्त भिडियो हेरेर नगर प्रमुख र उद्घोषक दुबैजनाको प्रस्तुत हुने शैलीको बिरोध गरिरहेका छन ।

प्रतिक्रिया