Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०९:५७

एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीको दुहूँ गाउँपालिकाले ५० प्रतिशत खर्च व्यहोर्ने

Wide Nepal News
शनिबार, असार १२, २०७८
गोकलेश्वर : दार्चुलाको दुहूँ गाउँपालिकाले आधारभुत चिकित्सा शिक्षा (एमबीबीएस) अद्ययन गर्न चाहने विद्यार्थीको ५० प्रतिशत खर्च व्यहोर्ने बताएको छ । आर्थिक वर्ष २०७८।७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने क्रममा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरि एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल भएमा गाउँपालिकाले दुँहू गाउँपालिकाको एकजना विद्यार्थीलाई अध्ययनको ५० प्रतिशत पढाई खर्च मापदण्ड तयार गरी उपलब्ध गराउने घोषणा गरेको हो । यस्तै दुहू गाउँपालिकाले आर्थिक वर्ष २०७८।७९ को लागि कूल बजेट छतीस करोड बत्तिस लाख ७६ हजार रकम विनियोजन गरेको छ । त्यस्तै गाँउपालिका अध्यक्ष सडक निर्माण कार्यक्रम अन्तर्गत जोशी गाँउ फारा सडक तथा सामरिक एवं धार्मिक प्रयटकीय महत्वको हिकिला सिद्धटोपी सडकलाई प्राथमिकतामा राख्दै थप सडकहरुको निर्माण कार्य समेत अगाडी बढाइने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया