Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:३३

गोकुलेश्वरबाट चरेस र मार्माबाट घरेलु मदिरा सहित छुट्टाछुट्टै २ जना पक्राउ

Wide Nepal News
आइतबार, असार १३, २०७८
गोकुलेश्वर । इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलिले चरेस तथा इलाका प्रहरी कार्यालय लटिनाथको टोलिले अवैध घरेलु मदिरासहित छुट्टाछुट्टै दुइ जनालाई पक्राउ गरेको छ दार्चुलाको शैल्यशिखर नगरपालिका ९, नायलबाट ७५ ग्राम लागू औषध (चरेस) सहित प्रहरीले १ जना व्यापारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलिले आइतबार आज स्थानीय व्यापारी महेश बिष्टलाई उनकै पसलबाट ७५ ग्राम चरेस सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एवं प्रहरी निरिक्षक अरुण बमले जानकारी दिएका छन । पक्राउ परेका व्यापारी बिष्टलाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरी निरिक्षक बमले बताएका छन । यसैबिच इलाका प्रहरी कार्यालय लटिनाथ (मार्मा) को टोलिले पनि आजै अवैध रुपमा घरेलु मदिरा बनाइरहेको भन्ने सुचनाका आधारमा मार्मा गाउँपालिका २, रस्कोटका देब भट्टको घरबाट ८० लिटर अवैध मदिरा सहित कच्चा पदार्थ र मदिरा बनाउन प्रयोग हुने भाँडाकुडा बरामद गरिएको इलाका प्रहरी कार्यालय लटिनाथका प्रहरी निरिक्षक नारायण बिष्टले बताएका छन । भट्टकोे घरबाट बरामद गरिएको उक्त मदिरालाई प्रहरीको संलग्नतामा नस्ट गरिएको प्रहरी निरिक्षक बिष्टले जानकारी दिएका छन ।

प्रतिक्रिया