Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:१५

गोकुलेश्वर बहुमुखी क्याम्पसले दोस्रो र चौथो सेमेस्टरको वैकल्पिक विधिबाट परिक्षा संचालन गर्दै

Wide Nepal News
सोमबार, असार १४, २०७८
दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय गोकुलेश्वर बहुमुखी क्याम्पसले स्नातक तह अन्तर्गत दोस्रो र चौथो सेमेस्टरमा अद्ययनरत विद्यार्थीहरुको साउन पहिलो सातादेखि परिक्षा संचालन गर्ने भएको छ । क्याम्पस प्रशासनको सोमबार (आज) बसेको बैठकले क्याम्पसमा दोस्रो र चौथो सेमेस्टरमा अद्ययनरत विद्यार्थीको भर्चुअल (वैकल्पिक) विधी बाट परिक्षा संचालन गर्ने निर्णय गरेको हो । बैसाख पहिलो सातादेखि संचालन हुनुपर्ने परिक्षा कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको थियो । कोरोनाका कारण स्थगित गरिएका उक्त परिक्षाहरु वैकल्पिक विधिको प्रयोग गरि साउन पहिलो साताबाट संचालन गरिन लागेको गोकुलेश्वर बहुमुखी क्याम्पसका प्रमुख प्रदिप कुमार जोशीले जानकारी दिएका छन । क्याम्पस प्रमुख जोशीले उक्त परिक्षा अनलाइन विधि अन्तर्गत (टिम्स) बाट संचालन गरिने बताउदैँ सम्पूर्ण विद्यार्थीलाई परिक्षाको तयारीमा लाग्न आग्रह गरेका छन ।

प्रतिक्रिया