Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४४

आईजीपी विवादको रिट कामु प्रधानन्यायाधीश कार्की र चुडालको इजलासमा

Wide Nepal News
सोमबार, जेठ ३०, २०७९
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको छ। सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटको सुनुवाइका लागि यसअघि जेठ १७ गतेको इजलासले आजका लागि पेशी तोकेको हो। गोलाप्रथाबाट पेशी तोक्दा कामु प्रधानन्यायाधीश कार्की र चुडालको इजलासमा परेको हो। जेठ १७ मै अन्तिम सुनुवाइको मिति तोकिएको भए पनि त्यसदिन सुनुवाइ हुन सकेको थिएन। त्यतिबेला न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा परेको थियो। तर त्यसदिन सुनुवाइ नभएकाले चुडालले रिटको सुनुवाइ गर्न मिल्ने एआईजी पोखरेलकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले बताइन्। अवकाश भइसकेका तीन डीआईजीको मुद्दा पनि सँगै राखिएको छ। यसअघि वैसाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदश दिन अस्वीकार गर्दै जेठ १७ गतेलाई अर्को पेसी तोकेको थियो। कारण देखाउ आदेश दिएकोमा सबैले लिखित जवाफ पनि पेश गरिसकेका छन्। सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका हुन्। सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए। सर्वोच्चले पोखरेलको पक्षमा फैसला नगरे उनी राजीनामा दिने तयारीमा छन्। एआईजीको उमेर हदका कारण साउन २० गते अनिवार्य अवकास हुनेछन्। सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले विदा अस्वीकृत भए पनि कार्यालयमा हाजिर भएका छैनन्। २४ गते नै उनको बिदा सकिएको हो। वैसाख १९ देखि बिदामा थिए। बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएपछि पोखरेलले मिसिलमा बिदा मागेको प्रमाण पनि मिसिलमा संलग्न गराएका छन्।

प्रतिक्रिया