Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:३८

मार्मामा प्रहरीद्वारा ३ दिनमा ७ सय १० लिटर घरेलु मदिरा तथा कच्चापदार्थ बरामद

Wide Nepal News
बुधबार, असार १६, २०७८
दार्चुला । इलाका प्रहरी कार्यालय लटिनाथ (मार्मा) को टोलिले पछिल्ला ३ दिनमा ७ सय १० लिटर भन्दा बढि घरेलु मदिरा तथा कच्चापदार्थ बरामद गरि नस्ट गरेको छ । अवैध रुपमा घरेलु मदिरा बनाउने गरेका सूचना पाएपछि मार्मा गाउँपालिका २, रस्कोटका देब भट्टको घरबाट आइतबार ८० लिटर मदिरा प्रहरी र मदिरा बरामद गरि नस्ट गरेको थियो । यस्तै सोमबार पनि एक गोप्य सुचनाका आधार प्रहरीले मार्मा गाउँपालिका ४, देलेवनका शिव सिंह धामीको घरबाट २ सय ४५लिटर घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरि नस्ट गरेको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ । यसैबिच प्रहरीले बुधबार (आज) फेरि ३ सय ८५ लिटर मदिरा बरामद गरि नस्ट गरेको छ । मार्मा गाउँपालिका ४ हण्डेस्थित स्थानीय गणेश सिंह धामीको घरबाट अवैध रुपमा तयार गरिएको ३ सय ८५ लिटर घरेलु मदिरा र कच्चा पदार्थ बरामद गरि नस्ट गरिएको इलाका प्रहरी कार्यालय लटिनाथ (मार्मा) का प्रमुख एवं प्रहरी निरिक्षक नारायण सिंह बिष्टले बताएका थिए । पछिल्लो समय इलाका प्रहरी कार्यालय लटिनाथले लागु औषध तथा अवैध मदिरा नियन्त्रणमा सक्रियता बढाएको छ । प्रहरीले लागुऔषध तथा अवैध मदिरा नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम संचालनमा ल्याएको छ भने स्थानीय व्यापारीहरुलाई त्यस्ता वस्तुहरुको किनबेच नगर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया