Wide Nepal News आइतबार २२, असार २०८२ १२:४९

अखिल क्रान्तिकारीद्वारा गोकुलेश्वर बहुमुखी क्याम्पसमा वृक्षारोपण सम्पन्न

Wide Nepal News
बिहिबार, असार १७, २०७८
दार्चुला : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दार्चुलाका विद्यार्थी नेताहरुले गोकुलेश्वर बहुमुखी क्याम्पसमा वृक्षारोपण गरेका छन । बुधबार (हिजो) शैक्षिक संस्था सफा, सुन्दर, हरियाली कायम राख्न सके मात्र शिक्षा प्रभावकारी हुन सक्ने, वातावरण हरित राख्नु हरेक मानिसको कर्तव्य बोध भएकाले क्याम्पस परिसरमा १२ जना बिद्यार्थी तथा क्याम्पसका कर्मचारीहरुको सहभागितामा वृक्षारोपण गरिएको अखिल क्रान्तिकारीका नेता नवीन बिष्टले जानकारी दिएका छन । यस्तै पछिल्लो समय देशका विभिन्न ठाउँमा बाढी, पहिरोका घटनाहरु बढेको भन्दै जोखिम कम होस भन्ने उद्देश्यले क्याम्पस परिसरमा विभिन्न प्रजातीका १ सय ५० भन्दा बढि बिरुवा रोपिएका अर्का विद्यार्थी नेता नवराज बिष्टले बताएका छन ।

प्रतिक्रिया