Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:२१

​नयाँ पाठ्यक्रममा दार्चुलाको सिद्ध टोपी र जगेनी जात्राको वर्णन

Wide Nepal News
बिहिबार, असार १७, २०७८
दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकामा रहेको पर्यटकीय स्थल सिद्ध टोपी र ब्याँस गाउँपालिकाको प्रसिद्ध जगेनी जात्रा यस वर्ष देखी नेपाली पाठ्यक्रममा समेटिएको छ । पाठ्यपुस्तक लेखन समितिले जिल्लाको पर्यटकिय स्थल सिद्ध टोपी र ब्याँसको प्रसिद्ध जात्रा जगेनीलाई पाठ्यक्रममा समावेश गरेको पाठ्यपुस्तक लेखन समितिले जनाएको छ । समितिले कक्षा ४ को नेपाली विषयको पाठ १२ मा ब्याँस गाउँपालिकाको प्रसिद्ध जात्रा जगेनी र कक्षा ६ को नेपाली विषयको पाठ ८ मा दुहुँ गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल सिद्ध टोपीका बारेमा वर्णन गरि समावेश गरेको छ । प्राथमिक तहको पाठ्यक्रममा सधैँजसो पुर्वतिरकै भेषभुषा, रहन सहन, संस्कृति, पर्यटन हुने गरेको तथा यस वर्ष देखी सुदूरपश्चिमको पर्यटन र संस्कृति समावेश गर्नुपर्छ भन्ने सुझावका साथ सिद्ध टोपी र जगेनी जात्रा पाठयक्रममा समावेश गर्न सम्भव भएको बताइएको ट । कक्षा ६ को नेपाली विषयको पाठ ८ मा सिद्ध टोपीको बारेमा वर्णन गरिएको छ, भने कक्षा ४ को नेपाली विषयमा जगेनी जात्राको बारेमा वर्णन गरिएको छ । जिल्लाको पर्यटकिय स्थल र संस्कृति साना–साना बालबालिका अध्ययन गर्ने कक्षामा लागु भए संगै पर्यटकिय स्थल तथा संस्कृतिको बारेमा बृहत रुपमा प्रचार प्रसार हुने अपेक्षा गरिएको छ । जिल्लाको पर्यटकीय स्थल सिद्ध टोपी तथा व्याँस गाउँपालिकाको प्रसिद्ध जगेनी जात्रा लाई पाठ्यक्रममा समावेश गर्न दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्की र ब्याँस गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीको समेत महत्वपुर्ण भुमिका रहेको छ । कक्षा ६ को नेपाली विषयमा सिद्ध टोपीका बारेमा यसै शैक्षिक सत्रबाट पढाई सुरु भइसकेको तथा कक्षा ४ को नेपाली विषयमा रहेको जगेनी जात्राको पढाई आउदो शैक्षिक सत्रबाट सुरु हुने पाठ्यपुस्तक लेखन समितिले जनाएको छ । कक्षा ४ को नेपाली विषयमा समेटिएको जगेनी जात्रा सहितको पुस्तक यसवर्ष नेपालका १ सय वटा विद्यालयहरुमा परिक्षणका लागी गइसकेको छ । परिक्षण पश्चात अगामी वर्षबाट जगेनी जात्राको बारेमा समेत बालबालिकाहरुलाई अध्यापन गराइने तयारी रहेको छ ।

प्रतिक्रिया