Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४४

शैल्यशिखर नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग

Wide Nepal News
बिहिबार, असार १७, २०७८
गोकुलेश्वर : दार्चुला कोभिड–१९ (नियन्त्रण) सहयोग तथा समन्वय मञ्चले शैल्यशिखर नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ  । दार्चुला जिल्लाका कोभिड–१९ (नियन्त्रण) सहयोग एवं समन्वय मञ्च तथा हाम्रो नेपाल हामी नेपालीको समेत समन्वय एवं सहजीकरणमा बोधिसत्वा विहार र चु जी नामक संस्थाको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ९ वटै स्थानीय तहलाई प्रदान गरिएको हो । केही स्थानीय तहलाई केहि दिन अगावै स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरिए पनि बिहिबार (आज) शैल्यशिखर नगरपालिकाका स्वास्थ्य संयोजक चक्र कार्कीलाई हस्तान्तरण गरिएको सहयोग एवं समन्वय मञ्चले जनाएको छ । जिल्लाका प्रत्येक स्थानीय तहलाई एक थान अक्सिजन  कन्सन्ट्रेटर, एक थना पल्स अक्सिमिटर, एक थना थर्मल गन, पाँच सय सर्जीकल मास्क, ५० थान एननाइन्टी फायभ मास्क, स्यानिटाइज र फिनाइल १०/१० लिटर वितरण गरिएको मञ्चका उपाध्यक्ष भुपेन्द्र सिंह बिष्टले बताएका छन । प्राप्त स्वास्थ्य सामग्री तथा उपकरण काठमाण्डौँबाट जिल्लासम्म ल्याउन जिल्ला कोभिड–१९ (नियन्त्रण) सहयोग एवं समन्वय मञ्चका सदस्य माधवसिंह धामी लगायतका सदस्यहरुले सहजीकरण गरेका थिए । कोरोना भाइरसको दोस्रो भरियन्ट सुरु भएयता मञ्चले जिल्लामा कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि विभिन्न संघसंस्थाहरु सित सहयोग तथा समन्वयकारी भूमिका खेल्दै आइरहेको छ ।

प्रतिक्रिया