Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:२९

बैतडीको पाटन-पञ्चेश्वर सडकखण्डमा काम गर्ने लेन्थ वर्करहरुको रिले अनशन सुरु

Wide Nepal News
शुक्रबार, असार १८, २०७८
गोकुलेश्वर : बैतडीको पाटन-पञ्चेश्वर सडकखण्डमा काम गर्ने लेन्थवर्करहरु रिले अनशनमा बसेका छन । झण्डै दुई वर्ष देखि पारीश्रमिक नपाएको भन्दै उनीहरुले पाटन-पञ्चेश्वर सडकखण्डको प्रबेसद्वारबाट अनशन शुरु गरेका छन । आफूहरुले २ वर्षदेखि पारीश्रमिक नपाएको औंल्याउदै सरकारले पारीश्रमिकको टुङ्गो नगरेसम्म अनसन नतोड्ने उनिहरुको अडान छ । “यतिको लामो समयसम्म काम गर्यौ, पारीश्रमिक दिनुहोस भन्यौ, आश्वास मात्रै आए, कुनै निकायले गम्भिर रुपमा लिएन, लेन्थवर्कर जयराम भुलले भने, मर्नुपरे पनि मरिन्छ, अनशन छोड्ने छौनौ ।” पाटन-पञ्चेश्वर सडकखण्ड संघिय सरकारबाट प्रदेश मातहत गएदेखि उनिहरुले पारीश्रमिक पाएका छैनन् । उक्त सडकखण्ड आर्थिक वर्ष २०७५ ०७६ मा प्रदेश मातहत गएको हो । बैतडीबाट संघिय सांसद दामोदर भण्डारीले प्रदेश मातहत गएको सडक भएकाले प्रदेश सरकारले नै उनिहरुको ब्यवस्थापन गर्नुपर्ने बताएका छन । बैतडीबाट प्रदेश सभा सदस्यद्दय प्रेम प्रकाश भट्ट र लिलाधर भट्टले पनि प्रदेश सभामा उनीहरुको पारीश्रमिकको बिषयमा आवाज उठाउदैं आएपनि आजसम्म टुंगो लाग्न सकेको छैन । तत्कालीन भौतकी पुर्वाधार मन्त्री पठान सिह बोहराले पनि उनिहरुलाई आवस्यक प्रक्रिया मिलाएर तलव दिने आश्वासन दिएका थिए । यद्यवी यतिको लामो समयसम्म पारीश्रमिक नपाउदा जिवनयापन चलाउन नै समस्या भएको लेन्थवर्करहरु गुनासो रहेको छ ।

प्रतिक्रिया