Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:१६

दार्चुलामा जारी निषेधाज्ञा असार मसान्तसम्म थप

Wide Nepal News
शुक्रबार, असार १८, २०७८
गोकुलेश्वर : दार्चुलामा जारी निषेधाज्ञा असार मसान्तसम्मका लागि थप गरिएको छ । अगामी आइतबार सम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार मसान्त सम्म थप गर्ने निर्णय गरिएको हो । शुक्रबार (आज) जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड-१९ व्यवस्थापन समितको बैठकले अगामी सोमबार बाट लागु हुने गरी असार मसान्त सम्म निषेधाज्ञा थप्न अनरोध गरिएको गरेको कोभिड-१९ व्यवस्थापन समिति संयोजक एव प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले जानकारी दिएका छन । कोभिड–१९ को सङ्क्रमण घटे पनि अझै नियन्त्रण भइ नसकेकाले जारी निषेधाज्ञा केही खुकुलो गरी थप गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन । “सङ्क्रमणदर घट्दो भए पनि जोखिम कायम छ, त्यसैले केही खुकुलो पार्दै निषेधाज्ञा थप्ने अनुरोध भएको हो, त्यहीअनुसार आदेश जारी हुन्छ ।” जोशीले भने । थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फैन्सी÷कपडा, निर्माण सामग्रीका पसलमा काम गर्ने व्यक्तिको अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विहान ६ बजे देखि दिउसो १ बजे सम्म खोल्न पाइने छ । हाल जारी निषेधाज्ञामा बिहान ६ बजेदेखि दिउसो १२ बजेसम्म मात्रै खाद्यान्न र फलफूलका पसल मात्रै खोल्न दिइएको छ । यस्तै शुक्रबारको बैठकले हाल जिल्लाभित्रको सवारी साधन संञ्चालनमा रहेको जोर विजोर प्रणाली हटाई जनस्वास्थ्य सुरक्षाका मापदण्डहरुको पुर्ण पालना गर्ने गरी सिट क्षमता अनुसारका यात्रु राखि संञ्चालन गर्न पाउने बताइको छ । यस्तै अत्यावश्यक कामका लागि जिल्लाबाहिर जाने सवारी साधनको हकमा भने जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट सवारीपास अनुमति लिएर मात्र संञ्चालन गर्न पाउने निर्णय गरिएको कोभिड-१९ व्यवस्थापन समित दार्चुलाले जनाएको छ । यस्तै बैठकले जिल्ला भित्रका अस्पताल तथा स्वास्थ्य चौकीहरुमा उपचार गर्न आउने विरामीहरुको कोरोना संग मेलखाने लक्षण देखिएमा एन्टिजेन परीक्षण गर्ने जस्ता निर्णय गरिएको बताइएको छ । कोभिड १९ व्यवस्थापन समितले जिल्लामा गत बैशाख २५ गते देखि निरन्तर रुपमा निषेधाज्ञा थप्दै लगेको छ । कोरोनाको दोस्रो लहर आएपछि जिल्लामा यो छटौ पटक निषेधाज्ञाको अवधि थपिन लागेको हो ।

प्रतिक्रिया