Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:३७

बैतडीमा यात्रुबाहक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते

Wide Nepal News
आइतबार, असार २०, २०७८
गोकुलेश्वर : बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३, बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार (आज) बिहान ९ बजेर ४० मिनेटमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन । दुर्घटनामा परी सिगास गाउँपालिका ३ का ४५ बर्षीय मानसिंह साउँद र सोही ठाउँका ६४ बर्षीय रामसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए । यस्तै दुर्घटनामा परी ९ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । सिगास गाउँपालिका ३ का ४५ बर्षीय जयसिंह धामी, १८ बर्षीय योगेन्द्र धामी, १३ बर्षीय लक्ष्मण बोहरा र ४० बर्षीया गोमती साउँदको अवस्था गम्भीर रहेको छ । यस्तै सिगास गाउँपालिका ३ कै २९ बर्षीय करनसिंह धामी, ४५ बर्षीय दलबीर साउँद, ४० बर्षीय चक्र धामी, ३८ बर्षीय वासमती धामी र ४४ बर्षीय हरिभान धामी समान्य घाइते भएका छन् । जिपमा १२ जना सवार रहेका बताइएको छ । घटनास्थलमा पुगेको प्रहरीले घाइतेलाई अस्पताल तर्फ पठाउने काम गरिरहेको छ । जिप चालक १९ बर्षीय खगेन्द्र साउँद भने फरार रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब ५० मिटर तल खसेको जनाइएको छ ।

प्रतिक्रिया