दार्चुला । आगामी आर्थिक बर्ष २०७९।८० को बार्षिक नीति तथा कार्यक्रम र बजेट निमार्णका लागि शैल्यशिखर नगरपालिकाले सरोकारवालाहरु सित राय, सुझाव संकलन गर्न अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै असार ३ गते आगामी आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम तर्जुमा तथा बजेट निमार्णका लागि अन्तरक्रिया कार्यक्रममा नगरपालिकासंग सरोकार राख्ने सम्पूर्णलाई सहभागि हुन आग्रह गरेको हो ।
आम जनमानसको अपेक्षाअनुसार आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि शैल्यशिखर नरपालिकासित सरोकार राख्ने शुभेच्छुक, पूर्व जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, व्यवसायी, राजनैतिक दलका प्रतिनिधी, पेशाकर्मी, नागरिक समाज, संचारकर्मी एवं बुद्दिजिवीहरुको राय, सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरिएको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जानकारी दिए ।
आगामी असार ३ गते गोकुलेश्वर माद्यमिक विद्यालयको प्राङ्गणमा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीसहितको सहभागितामा आयोजना हुने उक्त कार्यक्रममा सरोकारवाला सबैमा सहभागि भइ आफ्ना राय, सुझाव एवं प्रतिक्रिया प्रस्तुत गर्न निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले आग्रह गरेका छन् ।
प्रतिक्रिया