Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४८

५ दिनदेखि अनशनरत लेन्थवर्कर लक्ष्मी पन्त बेहोस, पन्तलाई अस्पताल भर्ना गरियो

Wide Nepal News
मङ्गलबार, असार २२, २०७८
गोकुलेश्वर : पारिश्रमिकको माग गर्दै ५ दिनदेखि अनशनरत लेन्थवर्कर लक्ष्मी पन्त बेहोस भएकी छन् । गएको शुक्रबारदेखि अनशनमा बसेका लेन्थवर्कर मध्ये लक्ष्मी पन्त मंगलबार बिहान एक्कासी बेहोस भएका लेन्थवर्कर जयराम भुलले बताए । बेहोस भएका लक्ष्मीलाई अहिले प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा भर्ना गरिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताएका छन । बैतडीको पाटन –पञ्चेश्वर सडकमा काम गर्ने लेन्थवर्करहरुले गएको २१ महिनादेखि तलब नपाएको भन्दै गएको शुक्रबारदेखि पाटनमा अनशन बसीरहेका छन् । आफूहरुका माग पूरा नहुँदा सम्म अनसन नछोड्ने लेन्थवर्करहरुले बताउँदै आएका छन् । पाटन–पञ्चेश्वर सडक प्रदेश सरकार मातहत गएपछि आफूहरुलाई तलब नदिएको लेन्थवर्करहरुको भनाई छ । आफूहरुलाई पटक पटक आश्वासन दिएको तर पारिश्रमिक नदिएकाले आफूहरुले अनशनमा बसेको लेन्थवर्करहरुले बताएका छन् ।

प्रतिक्रिया