Wide Nepal News आइतबार २२, असार २०८२ ११:५६

शैल्यशिखर २, देथला नजिकै चमेलिया नदिमा बेवारिसे शव फेला

Wide Nepal News
मङ्गलबार, असार २२, २०७८
दार्चुला : चमेलिया नदिमा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका २, देथला (मकन्ना) नजिकै चमेलिया नदिमा बेवारिसे अवस्थामा अन्दाजी ३० वर्षिय पुरुषको मंगलबार (आज) साँझ शव फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरिक्षक अरुण बमले जानकारी दिएका छन । स्थानीयले उक्त बेवारिसे अवस्थामा रहेको शव देखेपछि प्रहरीलाई खबर गरेको तथा शवको पहिचान हुन बाकीँ रहेको र शवको पोस्ट मार्टमका लागि गोकुलेश्वर प्राथमिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया