Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४९

नगर प्रमुख धामीलाई गाली गरेको आरोपमा पक्राउ परेका 'विप्लव' कार्यकर्ता पन्ध्र दिनपछि रिहा

Wide Nepal News
बिहिबार, असार २४, २०७८
दार्चुला : शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामीलाई अश्लील शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) निकट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पन्ध्र दिन पछि रिहा भएका छन । गत असार ९ गते लेकम गाउँपालिका १, का जीवन बिष्ट, सोही ठाउँका सुरेन्द्र बिष्ट तथा कञ्चनपुरको पुनर्वास नगरपालिका ५, का आकाश चौधरीले शैल्यशिखर नगरपालिका बाट सार्र्वजनिक सूचना माग्ने क्रममा नगर प्रमुख धामीलाई गालीगलौज गरेको भन्दै नगर प्रमुख धामीले प्रहरीलाई उजुरी गरेका थिए । सोही उजुरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाएको थियो । थुनामा परेको पन्ध्र दिनपछि रिहा भएका तीनै जनालाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहका दार्चुलास्थित नेता तथा कार्यकर्ताहरुले फूलमाला तथा टिका लगाएर स्वागत गरेका छन । यता विप्लव समुहका दार्चुलाका नेता/कार्यकर्ताहरुले भने शैल्यशिखर नगरपालिकाका नगर प्रमुख धामीले नागरिकको सुचना माग्ने मौलिक हकको प्रयोग गर्दै सुचना माग्न गएका आफ्ना कार्यकर्ताहरुलाई कुटपिट गरि, झुटा आरोप लगाइ दुख दिने काम गरेको बताएका छन ।

प्रतिक्रिया