Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:३७

नौगाडको बाढि वितण्डा : हिड्न बाटो छैन, खानलाई पानी छैन

Wide Nepal News
सोमबार, असार २८, २०७८
दार्चुला : नौगाड गाउँपालिकामा हरेक वर्ष बाढि, पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण जनधनको ठूलो क्षती हुने गरेको छ । यस वर्ष असार २३ गते आएको बाढि पहिरोले आधा दर्जन घर बाढिको जोखिममा छन् । तीन जनाको ज्यान गएको छ भने हिड्डुल गर्न बाटो छैन् । खोलामा झोलुंगे पूल छैन् । हालै ग्रामीण जलस्रोत परियोजना अन्तर्गत एक सय परिवारको लागि बनेको एक घर एक धारा पानी पूर्ण रुपमा अवरुद्ध भएको छ । ३२ किलोवाट क्षमताको लघु जलविद्यूत बगाएको छ । सडक पूर्ण रुपमा ठप्प छ । नदी थुनिए अझै वस्ती जोखिममा छन् । बाढि पहिरोका कारण थुनिएको नदी खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेपछि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको हो । असार २३ गते आएको बाढि पहिरोका कारण नौगाड गाउँपालिका ३ मा जामिरमा नदी थुनिएको छ । स्थानीयले थोरै थोरै नदी खुलाउने प्रयास गरेपनि नदीको बहाव नघटेको भन्दै सुरक्षाकर्मी आइतबार नौगाड प्रस्थान गरेका हुन् । नौगाडका बाढि पहिरो पीडितको विचल्ली बनेका छन् । गुन्ढाडु खोलामा आएको बाढि र पहिरो पछि देउलाड, जामिर बगर क्षेत्रका स्थानीय अहिले राती घर छोडेर बस्न बाध्य छन् । थुनिएको नदी खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली नौगाड प्रस्थान गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिएका छन । पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको थियो । आधा दर्जन परिवार अहिले राहत र पुर्नस्थापनाको पर्खाइमा छन् । पहिराले जामिर क्षेत्रका हरकसिह ठगुन्ना, दलजीत ठगुन्ना, राइमल ठगुन्ना, गणेश ठगुन्ना र डम्मर ठगुन्नाको परिवारले घरमा बस्न सकेका छैनन् । यसैबीच बाढि प्रभावित क्षेत्रको निरीक्षणको लागि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी दार्चुला पुगेका छन ।

प्रतिक्रिया