Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:२७

देउवालाई प्रधानमन्त्री बनाउने परामादेशको स्वागतमा दार्चुलामा दिप प्रज्ज्वलन

Wide Nepal News
सोमबार, असार २८, २०७८
दार्चुृला : सर्वोच्च अदालतले कांगे्रशका सभापती शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै देशका विभिन्न स्थानमा नेपाली कांग्रेश निकट नेता तथा कार्यकर्ताहरुले सोमबार (अहिले) दिप प्रज्वलन गरि खुसियाली मनाइरहेका छन । यसैबिच दार्चुलामा पनि कांग्रेश निकटका नेता कार्यकर्ताहरुले सर्वोच्चले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पदमुक्त गरि मंगलबार ५ बजेसम्म नेपाली कांगे्रशका सभापती शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि बाजागाजा सहित दिपावली मनाएका छन । दार्चुलाको गोकुलेश्वरमा नेपाली कांग्रेश दार्चुलाका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गर्ने क्रममा 'देउवा दाइ आइ लभ यु' र 'केपी ओली आइ ह्याट यु' को नारा समेत लगाएका छन । केपी शर्मा ओलीको प्रतिगमनको अन्त्य भएको बताउदै नेपाली कांग्रेश दार्चुलाका नेता रुपेश बिष्टले आजैका मितिबाट ओलीतन्त्रको अन्त्य भइ लोकतन्त्रको जित भएको र अदालतको निर्णय स्वागतयोग्य तथा जनताको हितमा रहेको बताएका छन । साथै नेता बिष्टले सर्वोच्चलाई धन्यवाद समेत व्यक्त गरेका छन ।

प्रतिक्रिया