Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:१९

देउवा प्रधानमन्त्री बन्ने भएपछि मन्त्रीमण्डलको चर्चा, दार्चुलाका नेता बडूको नाम पनि सम्भावित सूचिमा

Wide Nepal News
मङ्गलबार, असार २९, २०७८
दार्चुला : नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुने भएपछि सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा नेपाली कांग्रेसभित्र आन्तरिक छलफल सुरु भएको छ । देउवाले आज प्रधानमन्त्रीको शपथ लिए लगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । आज सहभागी गराउने मन्त्रीबारे देउवाले निकटस्थ नेताहरुसँग छलफल गरेका छन् । बुढानिलकण्ठ स्रोतका अनुसार सभापति देउवाले माओवादी र कांग्रेसका २–२ जनालाई आज मन्त्रिपरिषदमा समेट्न चाहेका छन् । जसपा र राष्ट्रिय जनमोर्चा तयार भए ती दुवै दलका थप १–१ जना मन्त्रिपरिषदमा समेटिनेछन् । कांग्रेसभित्र आजै मन्त्रिपरिषदमा समावेश हुनेमा बालकृष्ण खाँड र डा. मिनेन्द्र रिजालको नाम चर्चामा छ । खाँड अहिले कांग्रेसको मुख्य सचेतक छन् । देउवा निवास बुढानिलकण्ठमा अहिले नेताहरुबीच छलफल भइरहेको छ । कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भूषाल लगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ । देउवालाई बधाई दिन र मन्त्रीको सम्भावित नामबारे छलफल गर्न महामन्त्री डा. शशांक कोइराला अहिले बुढानिलकण्ठ पुगेका छन् । गृहजिल्ला दार्चुला भएका नेपाली कांग्रेशका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडू यसअघि राज्य मन्त्री बनिसकेका छन । नेता बडूकै निर्वाचन क्षेत्र दार्चुलाबाट निर्वाचित नेकपा एमालेका नेता गणेशसिंह ठगुन्ना केपी सर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेकोले पनि बडूलाई मन्त्री बनाउनुपर्ने दबाव उनी निकट नेता, कार्यकर्ताहरुको छ । ‘मन्त्रीबारे ठोसरुपमा छलफल भएको छैन । आज १–२ जनामात्रै कांग्रेसबाट मन्त्री बन्छन् । शेरवहादुर देउवाको नेतृत्वमा आज बन्ने सानो आकारको क्याबिनेटमा मन्त्री पठाउनका लागि माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । यसैबिच नेकपा माओबादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षासमेत भइरहेको छ । स्रोतका अनुसार आज माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने सम्भावना छ । माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाललगायतका नेताको नाम अग्रपंक्तिमा छ । पौडेल अहिलेसम्म मन्त्री बन्न नपाएका माओवादीका सिनियर नेता हुन् । केपी ओली सरकारमा सहभागी नभएकामध्येबाट आज मन्त्री बनाउनेबारे पार्टीमा छलफल भएको एक नेताले बताए । यी तीनैजना नेता ओली सरकारमा मन्त्री बनेका थिएनन् । बैठकमा सामान्य छलफल भए पनि कसलाई सपथग्रहणमा पठाउने भन्ने निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिने सम्भावना रहेको छ ।

प्रतिक्रिया