Wide Nepal News आइतबार २२, असार २०८२ ११:४६

पहिरोमा पुरिएर दार्चुलामा एक महिला बेपत्ता

Wide Nepal News
बिहिबार, असार ३१, २०७८
गोकुलेश्वर : दार्चुलामा पहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन । जिल्लाको व्यास गाउँपालिका वडा नम्बर ३, तुसरपानीस्थित पहिरोमा पुरिएर एक महिला बेपत्ता भएको प्रहरीले जनाएको छ । व्यास गाउँपालिका वडा नम्बर २, राप्ला घर भएका अन्दाजी ५० वर्षीया बेलमती बुढाथोकी पहिरोमा पुरिएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन। उक्त पहिरोमा परी रायमती बुढाथोकी घाइते भएकी छन । व्यास गाउँपालिका वडा नम्बर २ राप्लाबाट गाउँपालिकाको केन्द्र सुन्सेरा आउने क्रममा आज बिहान ९ बजेतिर तुसरपानीमा खसेको पहिरोमा घाइते महिलाको दाहिने खुट्टामा चोट लागेको हरी निरीक्षक चन्दले बताएका छन । बेपत्ता महिलाको खोजि भइरहेको छ ।

प्रतिक्रिया