Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:१०

सार्वजनिक यातायातमा भाडा बढेसंगै 'महेन्द्रनगर-दार्चुला' रुटको भाडादरमा पनि वृद्धि

Wide Nepal News
शनिबार, साउन ०२, २०७८
गोकुलेश्वर : सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेसंगै सुदूरपश्चिमका रुटहरुमा पनि नयाँ भाडादर कायम हुने भएको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएकोमा भाडादर सार्वजनिक गरेको हो। सार्वजनिक भाडादर अनुसार सुदूरपश्चिमको एउटै रुटमा पाँच सय रुपैयाँसम्म भाडा बढेको छ। यसैबिच महाकाली बहुउद्देश्यीय कम्पनी प्रा.लि ले सार्वजनिक सूचना जारी गर्दै दार्चुला सहित सुदूरपश्चिमका विभिन्न रुटमा गाडी भाडा बढेको उल्लेख गरेको छ । यसअघि कञ्चनपुर देखि दार्चुलाको गोकुलेश्वर सम्मकोे भाडादर ८ सय ७३ रुपैयाँ कायम रहेकोमा हाल २ सय ४४ रुपैँया बढेर १हजार १ सय १७ रुपैँया कायम भएको छ । यस्तै महेन्द्रनगर देखि दार्चुला सदरमुकाम खलंगा सम्मको भाडा  १ हजार ६८ रुपैँया रहेकोमा उक्त भाढा बढेर १ हजार ३ सय ६७ रपैँया पुगेको महाकाली बहुउद्देश्यीय कम्पनी प्रा.लि ले जनाएको छ । यस्तै महेन्द्रनगर देखि गन्ना सम्मको नयाँ भाडा १ हजार २ सय ३१ रपैँया कायम भएको छ । सरकारले सार्वजनिक गरेको सूचीअनुसार सुदूरपश्चिममा सबैभन्दा धेरै काठमाडौं–अत्तरीया–मार्तडी रुटमा ५६५ रुपैयाँ भाडा बढेर २५८२ पुगेको छ। काठमाडौँ–चैनपुरको २००६ बाट भाडा बढेर २५६८ पुगेको छ। काठमाडौँ–धनगढीको भाडा यसअघिसम्म १३२१ थियो भने नयाँ सार्वजनिक भाडादर अनुसार १६५७ पुगेको छ। यस्तै काठमाडौँ–धनगढी–साँफेको १८७२ भाडा थियो भने अब २३५० पुगेको छ। काठमाडौँ–महेन्द्रनगरको १३३२ भाडा थियो भने अब १६७१ पुगेको छ। यस्तै काठमाडौँ–अत्तरिया–डडेल्धुरा हुँदै बैतडीको १७८४ थियो भने २२३८ पुगेको छ भने काठमाडौँ–अत्तरिया–सिलगढीको १६७५ भाडा थियो भने अब २१०२ पुगेको छ। काठभाडौँ अत्तरिया डडेल्धुराको भाडा चार सय बढेर १९५३ पुगेको छ। यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको थियो।

प्रतिक्रिया