Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:२७

बजारमा जथाभावी फोहोर फालेको भन्दै स्थानीयद्धारा गोकुलेश्वर अस्पताल जाने बाटो अवरुद्ध

Wide Nepal News
सोमबार, साउन ०४, २०७८
दार्चुला : शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरका स्थानीयले गोकुलेश्वर बजारमा अस्पतालरोड तर्फ जाने बाटो अवरुद्ध गरेका छन् । गोकुलेश्वरका व्यापारी तथा व्यवसायीहरुले आफ्नो बस्ती नजिक फोहोर फालेको भन्दै बादी समुदाय सहित स्थानीले विरोध गर्दै बाटो अवरुद्ध गरेका हुन । व्यापारीहरुले दैनिक रुपमा फोहोर फाल्ने गरेको भएपनि नगरपालिकाले उक्त फोहोर व्यवस्थापनका लागि कुनै चासो नदेखाएको स्थानीय जयानन्द मिश्रले गुनासो गरेका छन । अहिले उनीहरुले वस्ती नजिकको फोहोरलाई बाटोमा फालेर बाटो अवरुद्ध गर्नुका साथै नगरपालिकासंग फोहोर व्यवस्थापनका लागि माग गरीरहेका छन । उक्त बाटो भएर आवत जावत गर्ने पैदलयात्रीहरुलाई अहिले निकै सकस भईरहेको छ । बजारमा रहेको फोहोर व्यवस्थापनका लागि भनदै शैल्यशिखर नगरपालिकाले ३ बर्षअघि टिप्पर खरिद गरेपनि हाल प्रयोगविहिन रहँदा पछिल्लो समय गोकुलेश्वर बजार क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य समस्या बनेको छ ।

प्रतिक्रिया