Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:११

कांग्रेसको महाअधिवेशन नजिकिँदै, दार्चुलासहित सुदूरपश्चिममा सभापतिका लागि दौडधुप

Wide Nepal News
मङ्गलबार, साउन ०५, २०७८
दार्चृुला : नेपाली कांग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै छ। कांग्रेसको कार्यतालिका अनुसार साउन १२ गतेदेखि वडा तहको अधिवेशन सुरु हुनेछ। त्यसपछि १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेशसभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ। एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ। प्रदेशको अधिवेशन नजिकीएसंगै काँग्रेस सुदूरपश्चिमको सभापतिका लागि दौडधुप सुरु भएको छ। सुदूरपश्चिम प्रदेश अध्यक्षमा आधा दर्जनले इच्छा व्यक्त गरेका छन्। वर्तमान कैलाली सभापति नरनारायण शाह ९मनु० पनि प्रदेश सभापतिको दौडमा छन्। उनी कैलालीमा दुई पटक सभापति भइसकेका छन्। बझाङका अर्जुन बहादुर सिह, कञ्चनपुरका बहादुरसिह थापा, अछामका बलबहादुर कुवर र अछामकै गोविन्द शाह पनि प्रदेश सभापतिको दौडमा छन्। सुदूरपश्चिमका ९ जिल्लामा को–को छन् काँग्रेस सभापतिको दौडमा : नेपाली काँग्रेसको जिल्लाको अधिवेशन २६ साउनमा हुँदैछ। सुदूरपश्चिम प्रदेशमा पनि जिल्ला सभापतिका आकांक्षीले दाबी प्रस्तुत गर्न थालेका छन्। १३ औं महाधिवेशनमा ९ जिल्ला मध्ये ६ जिल्लाका सभापतिमा शेरबहादुर देउवा निकट नेताहरु निर्वाचित भएका थिए। पौडेल पक्षीय नेता दिलेन्द्र बडूको गृहजिल्ला दार्चुलामा वर्तमान सभापति ललितसिंह बोहोरा, १३ औं जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्वसभापति जगदीश पाल, उपभापति अमर धामी, सचिव हर्क बिष्टलगायतका नेताहरुको नाम जिल्ला सभापतिकालागि चर्चामा छ। प्रदेशको राजधानी कैलालीमा जिल्ला सभापतिका आकांक्षी धेरै देखिएका छन्। प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवा लगायतको नाम चर्चामा छ। कञ्चनपुरमा पनि जिल्ला सभापतिको रस्साकस्सी सुरु भइसकेको छ। जिल्लामा वर्तमान सभापति हरि बोहोरा, गत अधिवेशनमा बोहोरासँग पराजित पदम बोगटी, गोपाल गुरुङ लगायतको नाम चर्चामा छ। सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि जिल्ला सभापतिको रस्साकस्सी सुरु भएको छ। शेरबहादुर देउवाले पर्शुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारेका छन् भने नवलबहादुर मल्ल, वर्तमान उपसभापति करुणकर भट्ट लगायतको नाम चर्चामा छ। बाजुरामा पनि काँग्रेस अधिवेशनको रौनक सुरु भइसकेको छ। नेताहरु मनबहादुर रावल, रामसिंह रावल, प्रेमबहादुर शाहील र वर्तमान सभापति कविराज पण्डित जिल्ला सभापतिमा भिड्ने तयारीमा छन्। बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने योजनामा छन् भने पूर्वसभापति शिवराज भट्ट, उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापति बन्ने लविङमा छन्। अछाममा वर्तमान सभापति भरतकुमार स्वार, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह, मेघराज खड्का, नेता गणेशबहादुर विष्ट, रामबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालको नाम चर्चामा छ। डोटीमा जिल्ला सभापतिका लागि वर्तमान सभापति प्रदीप देउवा, शिखवर नगरपालिकाका मेयर सीताराम जोशी, नेताहरु रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडूको नाम चर्चामा छ। बझाङमा वर्तमान सभापति हर्कजंग बहादुर सिंह, पूर्वसभापति पृथ्वीबहादुर सिंह, चेतराज बजाल, पूर्वउसभापति देवराज शर्मा, नेता जगत जोशी, खडगबहादुर बोहोरा र रमेश भण्डारीको नाम चर्चामा छ।   - दिनेश खबरबाट

प्रतिक्रिया