Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४८

सुदूरपश्चिमकाे कथा बोकेको चलचित्र ‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा

Wide Nepal News
शुक्रबार, असार ०३, २०७९
नेपाली चलचित्र ‘चिसो मान्छे’आजबाट प्रदर्शनमा आएको छ।  स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म चिसो मान्छे प्रदर्शनमा आएकाे हाे । सुदूरपश्चिमकाे कथा बोकेको याे चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। उनले  यसअघि पशुपतिप्रसाद, आमालगायत चलचित्र निर्देशन गरेका थिए। कोरोना महामारीको बीचमा कतारबाट ल्याइएको श्रमिकको शवलाई काठमाडौंदेखि बाजुरासम्म पुर्‍याउन गरिएको असजिलो यात्राको कथावस्तुलाई फिल्मले चित्रण गर्छ। सुदूरपश्चिममा हुने बालविवाह र लकडाउनले आम मानिसमा पारेको आर्थिक असरका आयामलार्ई पनि फिल्ममा चित्रण गरिएको छ।

प्रतिक्रिया