Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०९:५९

मकरीगाड हाइड्रोपावरमा कार्यरत 'सब-इन्जिनियर' बोहराको ढुंगा लागेर मृत्यु

Wide Nepal News
बिहिबार, साउन ०७, २०७८
दार्चुला । दार्चुलामा माथिबाट खसेको ढुंगा लागेर एक जना सब-इन्जिनियरको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका ५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत ओभरसियर गणेशसिह बोहराको हाइड्रोपावरमा पाइपलाइन खन्ने क्रममा खसेको ढुंगा लागेर मृत्यु भएको हो । अपिहिमाल गाउँपालिका ३ घर भएका बोहरा निर्माणाधीन १० मेगावट मकरीगाड हाइड्रोपावरमा ओभरसियरको रुपमा कार्यरत थिए । निर्माणको काम चलिरहेको बेला ढुंगा लागेर बोहराको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिएका छन । मृतक बोहराको शवलाई पोष्टमार्टमको लागि लटिनाथ ल्याइएको प्रहरीले जनाएको छ । मृतक बोहराका तीन छोराछोरी छन् ।

प्रतिक्रिया