Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:५४

बैतडी : बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत

Wide Nepal News
शुक्रबार, साउन ०८, २०७८
गोकुलेश्वर : बैतडीमा बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ । जिल्लाको मेलौली नगरपालिका –७ ल्वाथलीमा शुक्रबार बिहान फेला परेको शव डडेल्धुराको भागेश्वर गाउँपालिका ३ लामीकाँडेकी ३६ बर्षीय खेट्टी मल्लको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मल्ल बिहीबार भागेश्वरबाट माइतीघर बैतडीको मेलौली ५ सेरी आउन लागेको बुझिएको छ । माइती घर नपुग्दै मल्ल बीचबाटोमै मृत अवस्थामा फेला परेकी हुन् । उनको मृत्युको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । मृतकका श्रीमान रोजगारी सिलसिलामा विदेशमा रहेका प्रहरी निरीक्षक ओझाले जानकारी दिए ।

प्रतिक्रिया