Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:५१

गोकुलेश्वर बजार फोहोर गर्नेलाई एक हजार रुपैयाँ जरिवाना र नगरपालिकाकाे सुबिधाबाट बञ्चित गरिने

Wide Nepal News
सोमबार, साउन ११, २०७८
दार्चुला : शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९, स्थित गोकुलेश्वर बजारमा जथाभावी फोहोरमैला बढ्न थालेपछि त्यसको व्यवस्थापनका लागि नगरपालिकाले नयाँ नियम लागू गर्ने भएको छ । गत साउन ९ गते शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीको अध्यक्षतामा बसेको स्थानीय, जनप्रतिनिधि, प्रहरी तथा सरोकारवालाहरुको बैठकले पछिल्लो समय गोकुलेश्वर बजारमा फोहोर व्यवस्थापन हुन नसक्दा बजारमा प्रदुषण बढेको बताउदैँ त्यसको व्यवस्थापनका लागि जथाभावी फोहोर फाल्ने व्यक्तीहरुलाई जरिवाना तिर्न लगाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । साउन ९ गते बसेको नगरपालिकाको बैठकले गोकुलेश्वरका प्रत्येक घर, पसल तथा होटलहरुलाई प्रतिघर १/१ थान डस्टबिन नगरपालिकाले उपलब्ध गराउने तथा उक्त डस्टबिनको सुरक्षाको जिम्मा घरमूली स्वयंले लिनुपर्ने र फोहोरमैला व्यवस्थापनबाफत प्रत्येक उपभोक्ताले १ सय रुपैँयाका दरले हरेक महिना नगरपालिकालाई रकम बुझाउनुपर्ने निर्णय गरेको छ । उक्त निर्णयको अवज्ञा गरि जथाभावी फोहोर फाल्ने घरमूलीलाई पहिलोपटक १ हजार रुपैँयाका दरले जरिवाना तिर्न लगाउने तथा पटकपटक गरिएको पाइएमा त्यस्ता घर, पसल तथा होटलहरुलाई नगरपालिकाबाट प्रदान गरिने सेवा सुबिधाबाट समेत बञ्चित गरिने नगरपालिकाको निर्णयमा उल्लेख गरिएको छ । गत हप्ता स्थानीय र बादी समुदायका युवाहरुले गोकुलेश्वरका व्यापारीहरुले गोकुलेश्वर बजारमा जथाभावी फोहोर फाल्ने गरेका भन्दै बाटो अवद्दद समेत गरेका थिए । यसअघि बजारमा फहोरमैला व्यवस्थापन गर्ने भन्दै शैल्यशिखर नगरपालिकाले बजारका विभिन्न ठाउँमा डस्टबिन राख्ने, गाडी खरिद गरेर सरसफाइकर्मी नियुक्त गर्ने जस्ता कार्य गरेपनि प्रभावकारी बन्न सकेको छैन ।

प्रतिक्रिया