Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:१४

घरबाट भागेर दार्चुला पुगेका बझाङका एक नाबालकको इलाका प्रहरी कार्यालय गोकुलेश्वरद्वारा उद्दार

Wide Nepal News
मङ्गलबार, साउन १२, २०७८
दार्चुला । बिनाकारण घरबाट भागेर दार्चुला पुगेका बझाङको बुङल नगरपालिका ९, देउलीकोटका १३ वर्षीय नाबालकलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वरले आफन्तको जिम्मा लगाएका छन । घरबाट भागेर आइतबार (हिजो) दार्चुलाको शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वर पुगेका बुङल नगरपालिका ९, देउलीकोटका स्थानीय गगनसिंह धानुकका १३ वर्षीय छोरा बिनोद धानुकलाई गोकुलेश्वरमा प्रहरीको टोलीले अलपत्र अवस्थामा भेटेपछि सोधखोज गरि उनका बुवा गगनसिंह धानुकलाई खबर गरि जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । उनी घरबाट भागेर दार्चुला आउनुको कारण भने खुल्न नसकेको बताइएको छ ।

प्रतिक्रिया