Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:५५

आफ्नो रगत दिएर गोकुलेश्वर अस्पतालका हेल्थ असिस्टेन्ट पन्तले बचाए सुत्केरी महिलाको ज्यान

Wide Nepal News
आइतबार, असार १२, २०७९
दार्चुला : गोकुलेश्वर अस्पतालका स्वास्थ्यकर्मीले अस्पताल भर्ना भएकी एक सुत्केरी महिलालाई रक्तदान गरेर ज्यान बचाएका छन् । बैतडीको डिलासैनी गाउँपालिका ३ का निर्मला नाथलाई सुत्केरी व्यथा लागेपछि आफन्तले आइतबार गोकुलेश्वर अस्पताल भर्ना गरेका थिए । अस्पतालमा सुत्केरी भएपश्चात उनलाई अत्यधिक रक्तश्रावको समस्या देखिएको थियो । नाथलाई आवस्यक देखिएको A+ ब्लड ग्रूप अस्पतालका हेल्थ असिस्टेन्ट ओमप्रकाश पन्तको ब्लड ग्रूपसित म्याच भएपछि उनले नाथलाई ४ सय ७० मि.लि. ब्लड डोनेसन गरेका हुन् । सुत्केरी पश्चात् रगत अभावमा अस्पतालको शय्यामा छटपटाइ रहेका नाथलाई स्वास्थ्यकर्मीले आवस्यक मात्रामा रक्तदान गरेपछि अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको गोकुलेश्वर अस्पतालले जनाएको छ । आफ्नो रगत दिएर सुत्केरी महिलाको ज्यान बचाएको भन्दै अस्पतालका हेल्थ असिस्टेन्ट पन्तलाई बिरामीका आफन्त एवं स्वास्थ्यकर्मीहरूले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया