Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४५

दार्चुलामा ३ किलो यार्सागुम्बासहित एक जना पक्राउ

Wide Nepal News
बुधबार, साउन १३, २०७८
गोकुलेश्वर : दार्चुलामा अवैध यार्सागुम्बा सहित एक जना पुरुष पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको व्यासँ गाउँपालिका वडा नम्बर ३ सिना बस्ने वर्ष २४ का ग्रिस कुवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बुधबार दिउसो १ बजेतिर जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ३ ब्रह्मदेब चोकपोष्टमा चेकजाचगर्दा उनको साथबाट ३ पोका पालाष्टिक भित्र राखेको अवैध यार्सागुम्बा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिएका छन । पक्राउ परेका कुवँरसंग कुनै पनि आवश्यक कागजपत्र नभेटिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध यार्सागुम्बा र ति पुरुषलाई अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमा बुझाएको सुचना अधिकारी चन्दले बताए । प्रहरीले साउन ८ गते मात्रै अवैध यार्सागुम्बा सहित एक महिलालाई पनि पुलघाट स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया