Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:३२

शैल्यशिखरका नगर प्रमुख धामीको नक्कली फेसबुक अकाउन्ट भेटिएपछि...

Wide Nepal News
बुधबार, साउन १३, २०७८
दार्चुला : शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामीको नक्कली फेसबुक अकाउन्ट खोलेको पाईएको छ । अपरिचित व्यक्तिले नगर प्रमुख धामीको तस्वीरहरु प्रयोग गरी उक्त नक्कली अकाउन्ट खोलेको पाईएको हो । नक्कली अकाउन्ट खोलेको जानकारी पाउनासाथ नगरप्रमुख धामीले बिहिबार (आज) आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट राख्दै उक्त आइडीबाट आएका म्यासेजको जवाफ नदिन आग्रह गरेका छन । धामीकै नामको सो नक्कली अकाउन्ट मार्फत विभिन्न भ्रामक पोष्टहरु गर्ने र म्यासेज गर्ने जस्ता क्रियाकलाप गरेको पाइएपछि उनले यस्तो आग्रह गरेका हुन । नगर प्रमुख धामीको आधिकारीक फेसबुक आइडी https://www.facebook.com/amardhami1199 रहेको तथा आधिकारीक सचिवालयको लिंक https://www.facebook.com/amarsecretariat रहेको उनले जानकारी गराएका छन । नक्कली अकाउन्ट खोल्न व्यक्तिलाई नगर प्रमुख धामीले तत्काल उक्त अकाउन्ट बन्द गर्न आग्रह गरेका छन । कसैले आफुमाथि बदनियत पुर्ण तवरले यस्तो क्रियाकलाप गरेको हुन सक्ने भन्दै उनले दोषीलाई कारवाही गर्ने चेतावनी समेत दिएका छन ।

प्रतिक्रिया