Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:३३

विजय शाही तनावमा, 'प्रतिभा' बुझ्न नसकेको गुनासो

Wide Nepal News
बिहिबार, साउन १४, २०७८
तेजिलो स्मरणशक्तिको दावी गर्दै चर्चामा आएका कालिकोटका विजय शाही मानसिक समस्यामा परेका छन्। केहिदिन यता शाही तनाबमा रहेको र असन्तुलन भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। शाही हालसम्म कुनै मिडियाको सम्पर्कमा आएका छैनन्। उनको मोबाइल स्वीच अफ छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक भुपेन्द्र शाही विजयलाई उनको बुबा पंखबहादुर शाही र आमाले स्ट्रेचरमा बोकेर लगेको स्थानीयले देखेपछि मृत्युको हल्ला चलेको बताउँछन्। ‘अस्ति दिउसैदेखि उहाँमा मानसिक असन्तुलनजस्तो भएको रहेछ। एक्लै कराउने, बर्बराउने गर्दै आउनुभएको रहेछ,’ सूचना अधिकारी समेत रहेका शाहीले भने, ‘धामी–झाँक्री लगाउँदा पनि सञ्चो भएको छैन। दिउँसो बेहोस नै भएपछि अस्पतालतिर लगिएको रहेछ।’ परिवारनिकटका अनुसार शाही पछिल्लो समय निकै तनावमा छन्। खासगरि एक अमेरिकी भ्लगरले आफूलाई ‘ठग’ भन्दै भिडियो पोष्ट गरेपछि उनी मानसिकरूपमा विक्षिप्त बनेको बताइएको छ। उनले आफ्नो ‘प्रतिभा’ लाई मानिसहरूले बुझ्न नसकेको गुनासो गर्दै आएका थिए। -दिनेश खबरबाट

प्रतिक्रिया