Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:२९

एसएसबीले तुईन काटिदिदाँ तुईन तरिरहेका एक नेपाली नागरिक महाकालीमा बेपत्ता

Wide Nepal News
शुक्रबार, साउन १५, २०७८
दार्चुला । ब्याँस गाउँपालिका २, राप्लास्थित मालघाटमा महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले तुईन काटिदिदा एक जना नेपाली नागरिक नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिह धामी वेपत्ता भएका हुन् । शुक्रबार विहान गाउँबाट दार्चुला सदरमुकाम आउने क्रममा नदीमा तुईन तर्दै थिए । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रसिह धामीले बताए । भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन काटिदियो उनले भने, नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी वेपत्ता भएका हुन् । "पाँच/छ जना स्थानियहरु सामान लिन भारतको बाटो हुदै दार्चुला आइरहेका थियौं" धामीले भने, "जयसिह तर्ने बेला एसएसबी पुगेर तुईन काटिदिए । भारत पांगलमा रहेका एसएसबीले तुईन काटि दिएका हुन् ।" धामी वेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित छन् । म काठमाण्डौ जान आउँदै थिए, विक्रमले भने, हामी नपुग्दै तुइनकाटिदिए पछि उनी वेपत्ता भए । अहिले खोजी गर्दैछौ । नेपालतर्फ सडक नहुँदा ब्यास क्षेत्रका स्थानीयहरु दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुईन तरेर आउनुपर्ने बाध्यता छ । तुईनबाट खस्दा बेला बेला यस्ता घटना हुने गरेका छन् । सरकारले तुईनमुक्त कार्यक्रम अन्र्तगत तुईन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भएपनि पुल निर्माण अलपत्र छ । व्यासका नागरिकहरु खाद्यान्न, औषधी, र आवतजावत यहि तुइनमार्फत आउतजावत गर्दै आएका छन् । बेलाबेला एसएसबीले तुइन काटिदिने गरेको भएपनि स्थानीयले लुकाई छिपीले तुइन लगाउने गरेका छन् । अहिले घट्नास्थलमा प्रहरी र सशस्त्र प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले बताए ।

प्रतिक्रिया