Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ११:११

महाकाली तुईन काण्ड : गृहमन्त्रीद्धारा तीन सदस्यीय छानविन समिति गठन, घटना तोडमोड नगर्न चेतावनी

Wide Nepal News
शनिबार, साउन १६, २०७८
दार्चुला : भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी निकालिदिँदा दार्चुलाको व्यास गाउँपालिका २, का जयसिंह धामी नदीमा बेपत्ता रहेको घटनाबारे छानविन गर्न सरकारले छानविन समिति बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन । समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् । गृहमन्त्री खाँणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छतन । शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा एसएसबीले फलामे डोरी निकालिदिँदा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका छन । दार्चुला घटनाको छानबिन गर्न गृहमन्त्रीको निर्देशन गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन। गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिनु भएको उनको निजी सचिवालयले जनाएको छ । तुइनबाट महाकाली पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी तान्दा स्थानीय ३० वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय प्रशासनले भने व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर महाकाली नदीमा बेपत्ता भएको जानकारी प्राप्त भएको जनाएको छ । भारतीय एसएसबीले डोरी चुँडालेको भन्ने कुराको आधिकारिक जानकारी नआएको प्रशासनको भनाइ छ। घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली खोजतलासमा गएको र स्थानीयको भनाइअनुसार भारतीय एसएसबीसमेतलाई के कस्तो भएको हो सत्यतथ्य पत्ता लगाइ जानकारी दिन भन्दै पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । तुइन तर्दा तर्दै तुइन काट्ने भारतीय सिमा सुरक्षा बल एसएसबीका संलग्न व्यक्तीलाई कारबाहीको माग राख्दै व्यासका स्थानीयका साथै विभिन्न राजनीतिक दल र नागरिक सामाजका तर्फबाट आवाजहरु उठेका छन् । घटनाको सत्यतथ्य अनुसन्धान गर्दै दोषिलाई कारवाही हुनुपर्ने माग भइरहेको छ । मानिसले बाच्न पाउने अन्तराष्ट्रिय मानव अधिकार, न्युनतम मानविय मूल्य मान्यता र नेपाल–भारत सीमा क्षेत्रमा चलिआएको व्यवहारिक सम्बन्ध जस्ता सामाजिक मुल्य मान्यतालाई चुनौती दिदै तुइन तरिरहेको अवस्थामा तुइन काटेर जिउदै नदीमा बगाएको हुँदा उक्त पाशविक घट्नामा संलग्न एसएसबीलाई कारबाही गर्न प्रशासनलाई स्थानीयले निवेदन दिएका छन् । उक्त घट्नालाई तोडमोड गरी घट्नाको सत्यतथ्य लुकाउन प्रत्यक्षदर्शीलाई नियन्त्रणमा राखिएको निबेदनमा उल्लखे गरिएको छ । घटना तोडमोड नगर्न समेत चेतावनी दिइएको छ । बैदेशिक रोजगारीमा जानका लागि गाउँबाट काठमाण्डौँ हिडेका धामी घर नजिकै महाकालीमा बेपत्ता भएपछि परिवार शोकमा छ ।

प्रतिक्रिया