Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४५

तुईन काट्ने एसएसबी विरुद्ध दार्चुलामा संयुक्त विरोध प्रर्दशन

Wide Nepal News
शनिबार, साउन १६, २०७८
दार्चुला : भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले तुईन काट्दा ब्यास गाउँपालिका २, मालघाटमा स्थानिय जयसिंह धामी तुईन तर्ने क्रममा  महाकालीमा बेपत्ता रहेको भन्दै एसएसबी विरुद्ध दार्चुलामा प्रदर्शन गरिएको छ । एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल कम्युनिष्ट पार्टी (विप्लव) दार्चुलाले संयुक्त विरोध प्रर्दशन गरेका छन् । शनिबार बेलुका नेकपा एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रर्दशन राधा कृष्ण चोक र तिंकर खेडा हुदै पुलघाटमा पुगेर कोण सभामा परिणत भएको थियो । विप्लवका जिल्ला कार्यकर्ता तथा एमालेका भातृ संगठनका कार्यकर्ताहरुले संयुक्त रुपमा खलंगा पुलघाटको गेट सम्म पुगेर एसएसबी विरुद्ध नाराबाजी गरेका छन् । कोण सभामा बोल्दै माल घटनामा एसएसबी को अमाविय गतिविधी अक्षम्य रहेको भन्दै घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग अनेरास्ववियु दार्चुलाले राखेको छ। एसएसबीले नेपाली र भारतीय नागरिकहरुको रोटी बेटीको सम्बन्धलाई बेवास्ता गर्दै नेपाली नागरिकलाई महाकाली नदीमा खसाल्नुले नेपाल र भारतको नागरिक विचको सम्बन्धमा दरार ल्याउने काम गरेको अनेरास्ववियु दार्चुलाका अध्यक्ष आनसिंह बडालको भनाई छ । कोण सभामा बोल्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) दार्चुलाकाका जिल्ला सचिव हरक मल्लले एसएसबीको उक्त कार्य अमानविय रहेको बताएका छन । विरोध र्यालिमा भारतीय एसएसबी मुर्दाबाद, भारतीय विस्तारबाद मुर्दाबाद, कालापानी हाम्रो हो, कम्फर्टेबल सरकार मुर्दाबाद लगायतका नारा लगाएका थिए । र्यालीमा नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख खडक बडाल, एमालेका नेता तथा कार्यकर्ता, राष्ट्रिय युवा संघ , अनेरास्ववियु तथा नेकपा विप्लब दार्चुलाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया