Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४९

नगरप्रमुख धामीद्धारा उर्जामन्त्री भुसाल सित भेटवार्ता, चमेलिया र अपी हाइड्रोपावरले रोयल्टी नदिएको गुनासो

Wide Nepal News
आइतबार, साउन १७, २०७८
दार्चुला : शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामीले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल सित भेटवार्ता गरेका छन । नगर प्रमुख धामीले शनिबार बिहान उर्जामन्त्री भुसालसित भेटवार्ता गरेको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन । भेटका क्रममा नगर प्रमुख धामीले उर्जामन्त्री भुसालसित शैल्यशिखर नगरपालिकामा रहेका ३० मेगावाट क्षमताको चमेलिया हाइड्रोपावर तथा ८.५ मेगावाट क्षमताको अपी हाइड्रोपावर बाट नगरपालिकाले पाउनुपर्ने रोयल्टी नपाएको तथा प्रभावित क्षेत्र लाई सहुलियत मुल्यमा विद्युत उपलब्ध नभएको गुनासो गरेका छन । यता चमेलिया जलविद्युत केन्द्रका प्रमुख पुरन सोवले भने रोयल्टी सम्बन्धमा नगरपालिका सित स्पष्ट धारणा नरहेको बताएका छन । उनले भनेका छन, "हामीले हरेक बर्ष नेपाल विद्युत प्राधिकरण मार्फत सरकारलाई रोयल्टी तिर्ने गर्छौ । १ हजार किलोवाट क्षमता भन्दा बढिको प्रोजेक्टमा नेपाल विद्युत प्राधिकरणले सिधा नेपाल सरकारलाई कर तथा रोयल्टी बुझाउने व्यवस्था छ ।" उनले थपे, "प्रभावित क्षेत्रको बिकासका लागि नेपाल सरकारले स्थानीय तहलाई बजेट थपेर दिनुपर्ने व्यवस्था गरिएको हुन्छ । सो कुरा उहाँहरुले नबुझ्दा समस्या देखिएको हुन सक्छ ।" केहिदिन यता नगरप्रमुख धामी सहित दार्चुलास्थित नेपाली कांग्रेश निकट नेता, कार्यकर्ताहरु राजधानीमा रहेका छन । उनीहरु काठमाडौंमा नेपाली कांग्रेशका नेता तथा मन्त्रीहरु सित भेटघाटमा व्यस्त रहेका तस्विरहरु सामाजिक सञ्जालहरु बाट सार्वजनिक गरिरहेका छन। भेटघाटका क्रममा मन्त्रीहरु सित जिल्लाका विभिन्न समस्याहरु बारे जानकारी गराइ समाधानको लागि आग्रह भइरहेको बताइएको छ ।

प्रतिक्रिया