Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:५५

शैल्यशिखर नगरपालिका  : पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा

Wide Nepal News
सोमबार, असार २०, २०७९

दार्चुला : जिल्लाको शैल्यशिखर नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा भएको छ । सोमबार (आज) एक समारोहका बिच शैल्यशिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

जन्मेदेखी २३ महिना सम्मका बालबालिकाहरुले पाउनुपर्ने खोप तालिका अनुसारका सम्पूर्ण खोप पाएकाले पूर्ण खोप सुनिश्चित घोषणा गरिएको शैल्यशिखर नगर पालिकाका स्वास्थ्य संयोजक शिवराज जोशीले जानकारी दिए ।

नगरपालिका भरिमा जन्मेदेखि २३ महिना सम्मका २४६ जना बालबालिकाहरुले खोप पूर्ण रूपमा खोप पाएको उनले स्वास्थ्य संयोजक जोशीले बताए । पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा नगर प्रमुख विजयसिंह धामी,उपप्रमुख शान्ति खडायत, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर बिष्ट, नगरपालिकास्थित ९ वटै वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

नगरपालिकाका नगर प्रमुख विजयसिंह धामीले शैल्यशिखर नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा हुनु गौरबको विषय भएको बताए । उनले नगरभरिका सबै बालबालिका रोग मुक्त र खोप युक्त भएको सन्देश फैलिएको बताउदै स्वास्थ्य क्षेत्रमा शैल्यशिखरले फड्को मरेको भन्दै स्वास्थ्यकर्मीहरूको प्रसंशा समेत गरेका छन् ।

प्रतिक्रिया