Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०९:३०

डिलासैनीस्थित कुमारी बैंक आइतबारदेखि नयाँ भवनमा सर्‍यो, एटीएम जडानको तयारी

Wide Nepal News
सोमबार, साउन १८, २०७८
गोकुलेश्वर : बैतडीको डिलासैनी गाउँपालिका ५, गोकुलेश्वरस्थित कुमारी बैंकको डिलासैनी शाखा नयाँ भवनमा सरेको छ । यसअघि गाउँपालिकाको वडा नम्बर ५, हरिनगरबाट सेवा दिदैँ आइरहेकोमा आइतबार देखि गाउँपालिकाको वडा नम्बर ६, गोकुलेश्वर पुल नजिक रहेको एक भवनबाट सेवा दिन शुरु गरेको कुमारी बैंक डिलासैनी शाखाका प्रबन्धक निरज खरेलले जानकारी दिएका छन । यसअघि सेवा प्रवाह गर्दै आएको ठाउँमा बाटोघाटोको समस्या रहेको तथा बजार क्षेत्र भन्दा केहि टाढा रहेकाले सेवागाहीलाई समस्या हुने गरेकोमा अहिले सबैलाई पायक पर्ने स्थानमा बैंकको शाखा सारिएको प्रबन्धक खरेलले बताए । यसैबिच बैंकले कुनै प्रकारको प्राविधिक समस्या नदेखिए अबको १० दिनभित्र एटीएम बाट समेत सेवा दिन शुरु गर्ने बताएको छ । गोकुलेश्वरमा ग्राहकको सहजताका लागि एटीएम राखिन लागिएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गरेका छन ।

प्रतिक्रिया