Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४७

महाकाली तुईन प्रकरण : घटनास्थल जानुअघि छानविन समितिद्वारा प्रत्यक्षदर्शी र सञ्चारकर्मी सित बयान र छलफल

Wide Nepal News
बुधबार, साउन २०, २०७८
दार्चुला : व्याँस गाउँपालिका २, राप्ला मालका स्थानीय ३३ बर्षिय जयसिह धामी गत साउन १५ गते तुईन तर्ने बेला भारतीय एसएसबीका कारण नदिमा खसेर बेपत्ता रहेको घटनाको छानविन गर्न गठित समितिले बुधबारबाट उक्त घटनाको अनुसन्धान सुरु गरेको छ । नेपाल सरकार गृह मन्त्रालयका सहसचिव जनार्जन गौतमको टोली मंगलबार (बेलुकी) मात्रै दार्चुला जिल्ला सदरमुकाम खलंगा आईपुगेको थियो । बुधबार विहानै बाट घटनाका प्रत्यक्षदर्शीहरु कल्यान सिह धामी, विक्रम रङकोली र अनिता धामी सँग घटनाको बारेमा बयान लिइएको छ । दिउँसो दार्चुला जिल्ला स्थित सञ्चारकर्मी तथा मानवअधिकारकर्मी, राजनीतिक दल र स्थानीय जनप्रतिनिधीहरुबीच पनि टोलीले घटनाको बारेमा जानकारी लिएको छ । घटनाको छानविनको बारेमा जानकारी दिँदै छानविन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्जन गौतमले घटनाको सत्यतथ्य छानविनमा कुनै कसुर बाँकी नराखिने कुरा बताएका छन । छानविन समितिले दार्चुला जिल्लामा रहेका पत्रकार तथा मानब अधिकार क्रमीहरुसँग घटनाको बारेमा जानकारी लिएका छन भने समितिले घटनास्थल सम्मै पुगेर अनुसन्धान गर्ने र सत्य तथ्य छानविनका लागि कुनै कसुर नराहने गरि छानविनको लागि समिति घटना स्तलमा समेत जाने बताएका छन ।

प्रतिक्रिया