Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:३६

गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा अध्ययनरत एक विद्यार्थीको मृत्यु

Wide Nepal News
बिहिबार, साउन २१, २०७८
दार्चुला : गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा अध्ययनरत एक विद्यार्थीको जन्डिसका कारण मृत्यु भएको छ । कैलालीको लम्किचुहा नगरपालिका घर भइ हाल बैतडीको डिलासैनी गाउँपालिका ६, ककरपाखास्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा चौथो सेमेस्टरमा अध्ययन गरिरहेका गोपाल चौधरीको जन्डिसका कारण बुधबार (हिजो) राती मृत्यु भएको उनको परिवार स्रोतले बताएको छ । चौधरीको मृत्युको समाचार पाएपछि गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा अध्ययनरत विद्यार्थी तथा कलेज प्रशासनले दुख व्यक्त गरिरहेका छन ।

प्रतिक्रिया