Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:५९

महाकाली तुईन प्रकरण : स्थलगत अध्ययन पछि छानबिन समितिको टोली सदरमुकाम फर्कियो

Wide Nepal News
बिहिबार, साउन २१, २०७८
दार्चुला : भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले तुईन काट्दा ब्यास गाउँपालिका २ का जयसिंह धामी वेपत्ता प्रकरण बारे छानबिन गर्न भारतीय बाटो हुँदै गस्कु, मालघाट पुगेको छानबिन समितिको टोली घटनास्थलको स्थलगत अध्ययन गरि सदरमुकाम फर्किएको छ । मन्त्रालयका सहसचिव एवं छानबीन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली केहीबेर अगाडि जिल्ला सदरमुकाम दार्चुला पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले बताएकि छन । बिहीबार (आज) बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको टोली जिल्ला पुगेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन । जयसिंह धामी बेपत्ता प्रकरण बारे बुधबार पत्रकारहरु सित सुक्ष्म ढंगले अध्ययन गरेरै प्रतिवेदन आउने बताएका छानबिन समीतिका संयोजक गौतम सहितको टोलि घट्नास्थल पुगेर त्यहाँको वस्तुस्थित ल्याएर फर्किएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिइन । समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिएको बताइएको छ । टोलीमा छानविन समितीका संयोजक सह सचिव जनार्दन गौतम, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी छन् । छानविन टोली बाहेक सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बमं तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट टोली संगै घटनास्थल तर्फ गएको बताइएको छ । त्यसैगरि नेपाली छानबिन टोली संगैभारतको डिडिहाटका एसएसबी कमाण्डेन्ट महेन्द्र प्रताप र अन्य दुई जना एसएसबी अधिकारी घटनास्थल गस्कु तर्फ गएको स्रोतले जनाएको छ । साउन १५ गते व्यास गाउँपालिका २ का मालका जयसिह धामी महाकालीमा वेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार काटिदिंदा घट्ना घटेको समाचार आएसँगै घट्नाबारे अध्ययन गर्न छानबीन समिति दार्चुला पुगेको हो । वेपत्ता धामी अझै फेला परेका छैनन् ।बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल, र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेपछि टोली आज गस्कु गएको हो । नेपाल भारत जोड्ने तुइन लगाएको स्थानको अवलोकन गरेका छन । टोलीलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन् । भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरेपनि तुइन नकाटेको दाबी गरेको छ । छानविन समितिको प्रतिवेदन अनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ ।

प्रतिक्रिया