Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:३६

बैतडीमा स्वयंसेविकाले अवैध सम्बन्धबाट जन्माएको शिशुको गरिन् हत्या, १० वर्षदेखि श्रीमान थिए वेपत्ता

Wide Nepal News
मङ्गलबार, भदौ ०८, २०७८
गोकुलेश्वर । बैतडीको डिलासैनी गाउँपालिकामा एक महिलाले नवजात शिशुको हत्या गरेकी छन् । पालिकाको वडा नम्बर ७ ढाँणकी ३५ वर्षीया महिला माधवी कार्कीले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले जन्मिना साथ शिशुको घाँटी निमोठेर हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले आइतबार सोही ठाउँमा शिशुको घाँटी निमोठेर हत्या गरेको हो। माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई खबर गरेका थिए। उनी प्रहरीको नियन्त्रणमा रहेकी र मंगलबार अदालतबाट म्याद थपेर अनुसन्धान सुरु हुने इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। कर्तव्य ज्यान मुद्दामा माधवीमाथि अनुसन्धान गर्न अदालतमा पेश गर्न तयारी भएको हो। श्रीमान १० वर्षदेखि वेपत्ता उनका श्रीमान १० वर्षदेखि वेपत्ता रहेका छन् । वैदेशिक रोजगारीमा गएका उनको श्रीमा १० वर्षयता सम्पर्कमा रहेका छैनन् । माधवीका १३ बर्षीय छोरा छन्। उनी महिला स्वास्थ्य स्वयंसेविका समेत हुन्। घरपरिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्ध रहेको बुझिएको प्रहरी निरीक्षक शाहीले बताए। अवैध सम्बन्धबाट गर्भवती भएपछि किशोरले माधवीसँग विवाह गर्ने सहमति गरे पनि ती किशोर हाल फरार रहेका छन्।

प्रतिक्रिया