Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४४

दार्चुलामा एक वर्षको अवधिमा २१ जनाले गरे आत्महत्या

Wide Nepal News
शुक्रबार, भदौ ११, २०७८
दार्चुलामा आत्महत्या गर्नेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको पाइएको छ । विगतका वर्षहरुको तुलनामा तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्नेको सङ्ख्या बढेको हो । दार्चुलामा पछिल्लो एक वर्षमा मात्रै २१ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको साउन देखि असार मसान्त सम्ममा २१ जनाले आत्महत्या गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालय दार्चुला सित रहेको छ । जिल्लामा आत्महत्या गर्नेमा १७ वर्षीया किशोरीदेखि ७२ वर्षसम्मका वृद्ध छन् । जिल्लामा गत वर्ष जम्मा २१ जनामध्ये ९ जना पुरुष, दुई जना बालिका र अन्य १० जना महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर ऐरीका अनुसार अधिकाशंले झुण्डिएर आत्महत्या गरेको पाइएको छ । प्रहरी कार्यालय दार्चुलाका अनुसार गत वर्षको साउन महिना महिनामा २ जना पुरुष १ जना महिला गरी ३ जनाले आत्महत्या गरेका छन भने भदौ महिनामा १ जना महिला तथा १ जना पुरुषगरी २ जनाले आत्महत्या गरेका छन । यस्तै असोजमा १ जना पुरुषले आत्महत्या गरेको पाइएको छ । कार्तिक महिनामा २ जना पुरुष मंसिरमा १ जना महिला पुसमा सबै भन्दा बढि ४ जना महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै माघ महिनामा २ जना महिला फागुनमा समान १/१ जना महिला पुरुष चैत्र महिनामा १ महिला बैशाखमा १ जना पुरुष जेठ महिनामा १ जना महिला तथा असार महिनामा १ जना पुरुषगरी २१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया