Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४८

गोकुलेश्वर-खलंगा सडकखण्ड अवरुद्ध

Wide Nepal News
शनिबार, भदौ १२, २०७८
दार्चुला : गोकुलेश्वर-खलंगा सडकखण्ड अवरुद्ध बनेको छ । शुक्रबार देखिको निरन्तर वर्षाले शैल्यशिखर नगरपालिका ६, ग्वानी (उल्लानी) नजिक पहिरो खस्दा सडकखण्ड अवरुद्ध बनेको स्थानीयले जानकारी दिएका छन । निरन्तरको वर्षाले सडकमा पहिरो खस्दा आवतजावत ठप्प रहेको तथा अहिले बाटो खुलाउने प्रयास भइरहेको बताइएको छ । शनिबार विहान पौने ७ बजेतिर खसेको पहिरो पन्छाउनका लागि दुई वटा स्काभेटर मेसिन प्रयोग गरिएको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुँदा यातायातका साधनहरु बिच बाटोमै रोकिएका छन् । भने गन्तब्यमा पुग्नुपर्ने यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया