Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:५८

इलाका प्रहरी कार्यालय गोकुलेश्वरको आयोजनामा गोकुलेश्वर बजारको सरसफाइ सम्पन्न

Wide Nepal News
आइतबार, भदौ १३, २०७८
दार्चुला । इलाका प्रहरी कार्यालय गोकुलेश्वरको आयोजनामा शैल्यशिखर नगरपालिका ९ मा रहेको गोकुलेश्वर बजारको सरसफाइ गरिएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार (आज) इलाका प्रहरी कार्यालय गोकुलेश्वर, शैल्यशिखर नगरपालिका, बजार व्यवस्थापन समिती तथा स्थानीयहरुको सहभागितामा गोकुलेश्वर बजारको सरसफाइ गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । पछिल्लो समय गोकुलेश्वर बजारमा फोहोरमैला व्यवस्थापन हुन नसक्दा दुर्घन्ध फैलिएको बताउदैँ इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक अरुण बमले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाइ सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले सरसफाइ कार्यक्रमको आयोजना गरिएको बताएका छन । यसैबिच आगामी भदौ २२ गते गोकुलेश्वर बजार व्यवस्थापन समितीको बृहत भेला आयोजना गरिने र उक्त भेला मार्फत बजार व्यवस्थापन समितीको पुनर्गठन एवं गोकुलेश्वर बजारमा रहेका हरेक पसललाई डस्टबिन उपलब्ध गराइ बजारको फोहोरमैला व्यवस्थापनका लागि तयारी भइरहेको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जानकारी दिएका छन ।

प्रतिक्रिया