Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४३

५ महिनादेखि बन्द रहेका दार्चुलाका विद्यालय खुल्ने तयारीमा

Wide Nepal News
आइतबार, भदौ २०, २०७८
दार्चुलामा करिब ५ महिना देखि बन्द रहेका शैक्षिक संस्था जोखिम हेरेर स्थानीय तहले खोल्न पाउने भएका छन् । कोरोना भाइरस जोखिमका कारण बन्द रहेका विद्यालयहरू जिल्ला प्रशासन कार्यालय दार्चुलाको जिल्ला कोभिड - १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाको स्थानीय तहलाई संक्रमणको जोखिमको अवस्था हेरेर विद्यालय खोल्न दिने निर्णय गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र दार्चुलाका संयोजक एव प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । जनजीवन सहज बनाउदै लैजानका लागि सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनका अनुसार अब स्थानीय तहले स्थानीय तहमा संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गराउँदै विद्यालय संचालन गर्न सक्नेछन् । आइतबार सम्म दार्चुलाका ९ वटा स्थानीय तह मध्ये ८ वटा स्थानीय तह तत्कालका लागि कोरोना संक्रमित शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका मालिकार्जुन गाउँपालिका लेकम गाउँपालिका दुहुँ गाउँपालिका व्यासँ गाउँपालिका अपि हिमाल गाउँपालिमामा कोरोनाका संक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिएका छन । यस्तै जिल्लाको मार्मा गाउँपालिका नौगाड गाउँपालिकामा पनि कोरोनाका सक्रिय संक्रमित नरहेका उनले बताए । हाल जिल्लाको महाकाली नगरपालिका सहित जिल्लाभरी ११ जनामात्रै कोरोनाका संक्रिय संक्रमित रहेको पाइएको छ । जिल्लामा अहिले सम्म ६ हजार ३ जनाको कोरोना परीक्षण हुँदा १ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएको छ ।  ती मध्ये १ हजार १सय ८५ जनाले कोरोना जितेका छन् भने ३ जना महिला  सहित ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।जिल्लामा हाल सम्म ७६१ जना पुरुषको कोरोना परीक्षण गरिएको छ भने ४४६ जना महिलागरी ६ हजार ३ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया