Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४३

शैल्यशिखरमा भदौ २३ गतेदेखि विद्यालयहरू खुल्ने

Wide Nepal News
आइतबार, भदौ २०, २०७८
दार्चुला : शैल्यशिखर नगरपालिका अन्तर्गत रहेका सरकारी तथा निजी विद्यालय भदौ २३ गते (बुधबार) बाट खुल्ने भएका छन । दार्चुलासहित देशैभर कोभिड -१९ को दोस्रो लहर फैलिएसङ्गै जारी निषेधाज्ञाका कारण गत बैशाख १६ गतेदेखि विद्यालयहरू बन्द रहेका थिए । पछिल्लो समय नगरपालिकाभित्र संक्रमितको संख्या शून्यमा झरेसङ्गै ५ महिनापछी विद्यालयहरू पुनः संचालन हुने भएका हुन । कोभिड - १९ व्यवस्थापन समिति दार्चुलाले भदौ २० गते (आज) जोखिम हेरेर विद्यालय संचालन गर्न स्थानीय तहहरूलाई जिम्मा दिएसङ्गै शैल्यशिखर नगरपालिकाले पनि सार्वजनिक सूचना जारी गरि आउदो भदौ २३ गते (बुधबार) देखि जनस्वास्थ्यका मापदण्डको पालनासहित पठनपाठनको व्यवस्था मिलाउन नगरपालिकाभरिका सरकारी तथा निजि विद्यालयहरूलाई आग्रह गरेको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जानकारी दिएका छन । निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले स्वास्थ्य मन्त्रालयबाट जारी स्मार्ट लकडाउन सम्बन्धि कार्यविधिको पालना गर्दै पठनपाठन संचालन गर्न नगरपालिकाभरिका विद्यालयहरूलाई आग्रह गरेका छन ।

प्रतिक्रिया