Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:५५

दार्चुलाका डा. तिंकरीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार

Wide Nepal News
बुधबार, भदौ २३, २०७८
दार्चुला : सरकारले निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट निजामती सेवा पुरस्कार डा. भिमसिंह तिंकरी सहित ४० जना निजामती सेवाका कर्मचारीलाई दिने भएको छ । दार्चुलाको व्याँस गाउँपालिका १, तिंकर घर भएका डा. तिंकरीलाई एक लाख राशीको पुरुस्कार दिइने भएको हो । मन्त्रि परिषद्को सोमबार बसेको बैठकले निजामती सेवा दिवसका अवसरमा उहाँसहित ४० जना निजामती सेवाका कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । सो निर्णय अनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो । जसमा स्वास्थ्य सेवा अन्तर्गतका डा. तिंकरी पनि परेका छन्। डा. तिंकरी हाल स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक हुन् । दार्चुलाको सबैभन्दा बिकट उपल्लो हिमाली क्षेत्र तिंकरमा जन्मिएका तिंकरी स्वास्थ्य बिभागको उपल्लो पदमा पुग्ने दार्चुलाकै पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया