दार्चुला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दार्चुलाको ८ औं जिल्ला सम्मेलन शैल्यशिखर नगरपालिका वडा नम्बर ९, गोकुलेश्वरमा शुक्रबार (हिजो) सम्पन्न भएको छ ।
अखिल क्रान्तिकारी दार्चुलाको ८ औं जिल्ला सम्मेलन निवर्तमान जिल्ला अध्यक्ष राजेन्द्र डागांको अध्यक्षता एबं अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष एबं प्रदेश कमिटी सदस्य दिपक जोशीको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रमका बिच सम्पन्न भएको हो । ८औं जिल्ला सम्मेलनबाट अपिहिमाल गाउँपालिका घर भएका अखिल क्रान्तिकारी निकटका अशोक सिंह धामीको नेतृत्वमा ४१ सदस्यिय जिल्ला कमिटी चयन गरी सम्पन्न भएको अखिल क्रान्तिकारी दार्चुलाले जनाएको छ ।
८औं जिल्ला सम्मेलनमा प्रदेश कमिटी संयोजक मदन भुल, सह संयोजक भीम भट्ट, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज अशोकसिंह धामी रोकाया, दिपक डिसी, पार्वती नेगी लगायतको विशिष्ट आतिथ्यता रहेको विद्यार्थी नेता नबिन विष्टले बताएका छन ।
अशोक सिंह धामीको अध्यक्षतामा चयन भएको जिल्ला कमिटीमा हरिश राम सार्की, राजेन्द्र रावल, रोहित जोशी र जगदीश कोट्टारी उपाध्यक्ष, नवीन बिष्ट सचिव, सुरेश रावल र राजेश्वरी डडाल सहसचिव, लक्ष्मी थापा कोषाध्यक्षमा चयन भएका छन । विभिन्न क्षेत्र र भुगोल समेटेर समावेसिताका आधारमा कमिटी चयन गरिएको अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज अशोकसिंह धामीले जानकारी दिएका छन ।
प्रतिक्रिया